गायक भागिरथ चलाउने हालै सार्वजनिक गीत “बालै फरर” यूट्युव च्यानलमा सार्वजनिक भए देखि लगातार म्यूजिक ट्रेन्डिङ ६ नम्बरमा परेको छ ।
दिपेन्द्र चलाउनेले लेखेको शव्दमा स्वर भागिरथ चलाउने र एलिना चौहानको रहेको छ, भने संगित गायक चलाउनेले आफै गरेका छन् ।
प्रेयंका कार्की र बिक्रम बुढाथोकीले ठुम्का लागाएको गीतको भिडियोको कोरियो ग्राफि तथा डाईरेक्सन विक्रम चौहानले गरेका छन् ।
गायक चलाउनेकै युट्युव च्यानलबाट सार्वजनिक गीत सार्वजनिक भए देखि नै निरन्तर म्यूजिक ट्रेन्डिङ ६ नम्बरमा पर्दै आएको छ ।
फरक शैलि र चर्चित गीत नेपाली साँगितिक श्रोतालाई दिदै आएका भागिरथको गीतहरुमा संगित र भिडियो विशेष गरी उत्कृठ हुने गरेका छन् ।
बिशेष गरी टिक्टक तथा रिलमा बढी प्रयोग हुने खालका शव्द र सृजना हुनेगरेका कारण युवा पुस्ताले मन पराईदिने गरेको तथा आफ्नो सृजना पनि त्यसैलाई केन्द्रीत भएर हुने गरेको गायक चलाउनेको भनाई छ ।
गायक चलाउनेका झम झम झम्कना, सालकाटेर दरवार, थोपडाले धोका दियो बरिलै, कस्लाई सोध्ने होला जस्ता चर्चित गीतहरुले मिलियन भिउज पाएका छन् ।
यो समाचार तयार पार्दा सम्म गायक चलाउनेको यो गीत “बालै फरर” २१ दिनमा १२ लाख ११ हजार ४८० जनाले हेरिसकेका छन् ।
न्यूज समय
२८ जेष्ठ, २०८२, बुधबार ००:००