संसद चल्ने नचल्ने माओवादीको भूमिकामा निर्भर हुन्छ : कांग्रेस नेता निधि

न्यूज समय

नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले संसद् चलाउन दिने वा नदिने भन्ने कुरामा प्रतिपक्षी नेकपा माओवादी केन्द्रको भूमिकामा निर्भर रहेको बताएका छन्। आइतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले संसद् चल्न दिने वा नदिने भन्ने कुरा माओवादीकै हातमा निर्भर रहेको बताए।

उनले संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमानुसार संसद् सञ्चालन गर्न दिन आग्रह गरे।

उनले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानबिन भइरहेका वेला राजीनामा मागेर संसद् अवरुद्ध गराउनु राम्रो कुरा नभएको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको जस्तो मुद्दा नरहेको र वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप नलागेको दावी गरे।