सुनको मूल्य प्रतितोला ३ हजारले घटेर १ लाख ९० हजार ७ सयमा कायम

न्यूज समय

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार रूपैयाँ घटेको हो।

शुक्रवार तोलामा १ लाख ९३ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य आइतवार तोलामा ३ हजारले घटेर प्रतितोला १ लाख ९० हजार ७ सयमा कायम भएको हो । त्यस्तै, आइतवार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ ।

शुक्रवार तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार घटेर २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।