लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा सामाजिक अभियन्ता लायन राजन लम्सालले लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । नेपालमा लायन्स क्लबको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएका लम्सालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न संकल्प व्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक पदका लागि जेठ २४ गते शनिबार हुने निर्वाचन हुँदैछ । लायन्स क्लबको नयाँ अध्याय र नेपाली सेवाभावको अन्तर्राष्ट्रिय आवाज भएका लम्सालको उमेद्धवारीले खारिएको अनुभव, स्पष्ट दृष्टिकोण र समर्पण सहितको नेतृत्वले नेपाली लायन अभियानमा परियोजना भित्र्याउने, प्रभाव विस्तार गर्ने र संस्थागत समृद्धिमा टेवा पुर्याउने सबैले बिश्वास लिइएको छ ।
देश भरका लायन्स कल्बमा आवद्ध ५० हजार बढि लायन कर्मिहरु मध्ये निर्वाचनमा करिब २५ सयले मतदान गर्ने छन् । लम्सालले तीन दशकदेखी सामाजिक सेवामा पूर्ण रूपले समर्पित हुँदै ‘सहयोगी हातहरू’ नामक संस्था स्थापना समेत गरेका छन् । सन् २०१०–११ मा डिष्ट्रिक्ट गभर्नर बन्दा उनले ६५ नयाँ क्लब स्थापना गरी लायन इतिहासमै कीर्तिमान राखेका उनले मल्टिपल काउन्सिल चियरपर्सन, एसएफएमडी चेयरपर्सन, जीएलटी र जीएमटी को–अर्डिनेटर जस्ता विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै नेपाली लायन बादलाई सफल बनाउन ठूलो योगदान गरेका छन् ।
न्यूज समय
२५ जेष्ठ, २०८२, आईतबार ००:००