भिजिट भिसा प्रकरणका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन् ।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । संसद अवरोध खुलाउने प्रयासमा दलहरुबीच छलफल भइरहे पनि निकास निस्किएको छैन ।
न्यूज समय
२५ जेष्ठ, २०८२, आईतबार ००:००