काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि स्थगन भएको छ । अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् ।
बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।
न्यूज समय
२३ जेष्ठ, २०८२, शुक्रबार ००:००