तरुण दलको तर्दथ समिति विघटनको माग गर्दै पार्टी कार्यालय अगाडि प्रर्दशन

न्यूज समय

नेपाली कांग्रेसको पदाधिकारी बैठकले केहि दिन अगाडि महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको म्याद दशैंसम्मका लागि थप गरेपछि नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दलमा आबद्ध युवाहरूले मोटरसाइकल र्‍यालीसहित पार्टी कार्यालय सानेपा अगाडि प्रर्दशन गरेका छन् ।

अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरूले काठमाडौंका विभिन्न स्थानबाट कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्‍याली निकालेका हुन् ।

नौ वर्षसम्म भ्रातृ संगठन तदर्थवादको नाममा रहनुले सिंगो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राईले बताए ।

०७३ सालमा पोखरामा भएको महाधिवेशनपछि तरुण दलको महाधिवेशन भएको छैन । पछिल्लो तदर्थ समिति गठन भएको पनि तीन वर्ष भइसकेको छ । उक्त समिति महाधिवेशन गर्नेतर्फ उन्मुख नभएको भन्दै उनीहरूले अब म्याद नथप्न दबाब दिएका हुन् ।