दलहरुका बीच सहमति नभएपछि प्रतिनिधि सभाको बैठक विहिबारसम्म स्थगित

न्यूज समय

प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलहरुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गरिरहेका विपक्षी र सत्ता पक्षबीच कुरा नमिलेकाले सदन निरन्तर अवरुद्ध भइरहेको छ । सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि दुवै पक्ष अडानबाट पछि हटेनन् ।

सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । तर, विपक्षीले गृहमन्त्री बोल्ने भए छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने शर्त राखेको छ ।