काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाकालागि निलम्वनमा परेका छन् ।
पाण्डेलाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तवुझ्दो नआएको भन्दै मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाकालागि निलम्वन गरेका हुन् ।
गएको चैत्र २१ गते आफु कार्यालय जाँदा रोक्न तथा हुलुहुज्जत गरेको, जनप्रतिनिधी संग मुखमुखै लागेको जस्ता कुराहरुका कारण पाण्डेलाई गुरागाईंले स्पष्टीकरण सोधेका थिए ।
जवाफमा पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण पेश गरेका थिए ।
निलम्वित पाण्डेको स्थानमा नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिईएको छ ।
पाण्डे मेयर बालेन साहको कार्ययोजना प्रभावकारी भुमिका निभाउँदै आएका थिए ।
न्यूज समय
२० जेष्ठ, २०८२, मंगलबार ००:००