नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई महाधिवेशन गर्न दसैँसम्मको म्याद दिएको छ । सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
सो बैठकले ती भ्रातृसंस्थाहरुलाई महाधिवशेन गर्नेगरी कार्यतालिका दिने निर्णय गरेको हो । यसअघिदेखि नै विघटन वा म्याद थपको विषयमा छलफल भए पनि पार्टीले दसैँसम्म महाधिवशेन गर्नेगरी कार्यतालिका दिने निर्णय गरेको हो । भ्रातृ संस्थाको अधिवशेनको विषयमा लामो समयदेखि के गर्ने भन्ने टुंगो लागेको थिएन । अब विघटन नगर्ने तर, समय दिएर महाधिवेशनको कार्यतालिका दिने सहमथि भएको घिमिरेले बताए ।
उनले पार्टीले कार्यतालिका नै बनाएर दसैँसम्म महाधिवेशन गर्न समय दिने निर्णय भएको पनि जानकारी दिए । यसका लागि केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै, बैठकले क्रियाशील सदस्यता असारसम्म टुंग्याउने र अनुशासन समितिको कामलाई पनि छिटो टुंग्याउने निर्णय गरेको छ ।
न्यूज समय
१९ जेष्ठ, २०८२, सोमबार ००:००