गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठकमा आज पनि अवरोध गरेका छन् । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो ।
विपक्षीको अवरोधपछि बैठक आधा घण्टालाई स्थगित गरिएको छ । बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए । बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।
अर्कोतर्फ, प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश देखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेको छ ।
न्यूज समय
१४ जेष्ठ, २०८२, बुधबार ००:००