नेपाली कांग्रेसले पार्टीका पदाधिकारीहरू बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले बैठक आफ्नै निवास बुढानीलकण्ठमा सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यता लगायतका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएको जानकारी दिए ।
महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।
उनले महामन्त्री ज्यूले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्ने कार्यक्रम रहेको बताए । पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।
न्यूज समय
११ जेष्ठ, २०८२, आईतबार ००:००