नेपालबाट सिमेन्ट निर्यात बढ्दै, चालु आवमा झण्डै साढे दुई अर्वको सिमेन्ट निर्यात

न्यूज समय

विदेशी मुद्रा आर्जन गर्नकालागि नेपालबाट निर्यात हुने बस्तु मध्य सिमेन्टको संभावना निकै बढ्दै गएको छ ।
प्रचुर मात्रामा चुनढुंगा तथा क्लिङ्कर खानि भएको नेपालमा सिमेन्ट उद्योग संचालन संगै सिमेन्ट उत्पादन र निर्यातको संभावन निकै बढेर गएको हो ।

त्यसो त नेपालमा यही चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा मात्रै नेपालबाट झण्डै साढे दुई अर्बको उत्पादित सिमेन्ट भारत निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार उक्त मूल्य बराबरको सिमेन्ट निर्यात भएको बुधबार सार्वजनिक भएको छ ।
विभागका अनुसार २०८२ वैशाख मसान्तसम्म नेपालबाट ७ लाख ७२ हजार १०४ मेट्रिकटन सिमेन्ट छिमेकी राष्ट्र भारत निर्यात भएको देखिन्छ । जसबाट २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँ आम्दानी भएको छ ।

विभागद्वारा सार्वनकि तथ्यांकअनुसार ६४ करोड ९२ लाख १९ हजार रुपैयाँको ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट बनाउने क्लिङ्कर र १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको उल्लेख छ ।
नेपालमै चुनढुंगा तथा क्लिङ्कर खानिहरु प्रयाप्त मात्रामा रहेको र सिमेन्ट उद्योग स्थापनामा सरकारले देखाएको सहजिकरणले पनि सिमेन्ट निर्यात भई विदेशी मुद्रा आर्जनमा संभावना बढदै गएको अर्थविदहरुको भनाई छ ।

उद्योग स्थापना, उत्पादन र निर्यातकालागि राज्यले कुटनितिक पहल कदमिलाई प्रभावकारी बनाए सिमेन्ट निर्यातमा थप टेवा पुग्ने पनि सर्थविदहरु सुझाउँछन् ।