नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दैछन्। गएराति नियुक्त भएका गभर्नर पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रबैंकका प्रवक्ता रामु पौडेलका अनुसार उनले आज बिहान कार्यालय खुलेपछि अर्थमन्त्रालय पुगेर नियुक्ति बुझ्ने त्यसपछि सर्वोच्च अदालत पुगेर शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनेछन्। त्यसपछि पौडेल आजै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्। लामो समयको रस्साकस्सीपछि गएराती पौडेल गभर्नरमा नियुक्त भएका हुन् ।
न्यूज समय
७ जेष्ठ, २०८२, बुधबार ००:००