कांग्रेस– एमालेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म कायम रहन्छ : महासचिव पोखरेल

न्यूज समय


नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म कायम रहने बताएका छन् । प्रेस चौतारी दाङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले गठनबन्धन टुट्ने भनेर चलाउने हल्ला निराधार रहेको बताए ।

सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र काँग्रेस मिलेर सरकार सञ्चालन गरेको बताए ।

सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एक दलको नीतिमा नभई सामूहिक नीतिका आधारमा चलाइने बताए ।