नेपाल राष्ट्र बैंकको गर्भनरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार वेलुका बसेको मन्त्री परिषदको बैठकले पौडेललाई गर्भनरमा नियुक्त गरेको हो ।
गएको चैत्र २४ गते देखि महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भए संगै रिक्त नेपाल राष्ट्र बैकले झण्डै डेढ महिना पछि गर्भनर पाएको छ ।
पौडेललाई मंगलबार दिउँसो बसेको सिफारिस समितिको बैठकले गर्भनरका लागि १ नम्बरमा सिफारिस गरेको थियो ।
समितिले पौडेल संगै दोस्रो नम्बरमा कामु गर्भनर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार विहान विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने सहमति अनुसार पौडेल सहित ३ जनाको नाम समितिले सिफारिस गरेको थियो ।
न्यूज समय
६ जेष्ठ, २०८२, मंगलबार ००:००