नेपाल राष्ट्र बैंकको गर्भनर डा. विश्वनाथ पौडेल हुने पक्का भएको छ ।
गर्भनर सिफारिस समितिको मंगलबार बसेको बैठकले डा. विश्वनाथ पौडेललाई एक नम्बरमा सिफारिस गरे संगै पौडेल गर्भनर हुने पक्का जस्तै भएको हो ।
समितिले पौडेललाई एक नम्बरमा राख्दै ३ जनाको नाम सिफारीस गरेको श्रोतले बताएको छ । सिफरिस हुने अन्यमा दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार विहान डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने सहमति अनुसार पौडेल सहित ३ जनाको नाम समितिले सिफारिस गरेको हो ।
नेपाली काँग्रेसको कोटाबाट गर्भनरमा सिफारिस भएका पौडेलले अमेरीकाबाट अर्थ शास्त्रमा पिएचडी गरेका छन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भईसकेका पौडेल काठमाडौं विश्व विद्यालयको स्कूलअफ म्यानेजमनेन्टको प्रोफेसर भएर काम गरिसकेका छन् ।
गएको चैत्र २४ गते देखि महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भए पछि निलम ढुंगानालाई आर्थमन्त्री विष्णु पौडेलले कामु गर्भनरको जिम्मेवारी दिएका थिए ।
न्यूज समय
६ जेष्ठ, २०८२, मंगलबार ००:००