नेजाको अध्यक्षमा पुनः सुरज भण्डारी, कार्यसमिति सदस्यमा दाङका डिल्ली बहादुर रावत पनि निर्वाचित

न्यूज समय


नेपाल अमेरीका पत्रकार संघ (नेजा)को हालै सम्पन्न अधिवेशनबाट सुरज भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

अमेरीकाको लास भेगसमा सम्पन्न निर्वाचनबाट नेतृत्वमा आउनेहरुमा कार्यसमिति सदस्यमा सुरज पण्डित र बाबुराम दाहाल, उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा इश्वरी न्यौपाने, कोषाध्यक्षमा झरणा अधिकारी, सचिवमा शंकर बहादुर थापा रहेका छन् ।

त्यस्तै सदस्यमा डिल्ली बहादुर रावत, दिपेन्द्र खड्का, जानु पंगेनी, यसोदा तिम्सिना, राजकुमार तामाङ (गोले), डोल्मा लामा निर्वाचित भएका छन् ।
निर्वानबाट क्षेत्रिय संयोजकहरुमा डिसी मेट्रोमा सृजना काफ्ले, उत्तर पूर्वमा शान्तिराज राई, पश्चिममा दिपक दाहाल, मध्यमा ओम आचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नेजाको कार्य समितिमा ८ जना सदस्य निर्वाचित हुने व्यवस्था अन्तरगत दुई जना सदस्यलाई वरियतामा उपाध्यक्ष भन्दा माथि र अध्यक्ष भन्दा मुनिको मर्यादा दिने व्यवस्था गरेको छ ।

यो प्रयास नौलो रहेको निर्वाचित कार्यसमिति सदस्य डिल्ली बहादुर रावतले बताए । रावत तेस्रोआँखा डटकमका ग्लोबल एडिटर पनि हुन् ।

अधिवेशनमा भागलिन नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा त्यहाँ पुगेकी थिईन् ।