सगरमाथा संवादमा सरोकारवाला विज्ञहरुले अन्तराष्ट्रिय जलवायु सङ्कट समाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड दिएका छन् ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षतामा शुक्रबार (आज) देखि सुरु भएको पूर्ण सत्रमा बोल्दै विज्ञहरुले जलवायुजन्य सङ्कट सामनाका लागि सबैको सहकार्य र अन्तरराष्ट्रिय जलवायु प्रतिबद्धता जरुरी रहेकोमा जोड दिए ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुका कारण हिमनदीहरू पग्लिँदै गएको तथा प्रणाली बदलिँदै गएको र परम्परागत जीवनशैलीहरू उल्टिँदै गएकाले सामाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड दिनु पर्ने बताए ।
त्यस्तै नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमद इल्गेबालीले जलवायु अनुकूलनका लागि स्थानीय जलवायु वित्त, जलको पुनःभरण र जैविक विविधताको संरक्षण, जलवायु कृषि अनुकूलन जस्ता जलवायु अनुकूलन राष्ट्रिय रणनीतिमा समावेश गर्न आवश्यक रहेको बताए ।
पूर्णसत्रमा बङ्गलादेशको समाज कल्याण मन्त्रालय तथा महिला तथा बालबालिका मामिला मन्त्रालयका, सल्लाहकार, शर्मिन सोनिया मुर्शिद, भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री, जेम छेरिङ, संयुक्त अधिराज्य संसदीय उप–सचिव (लड्र्स मन्त्री) बारोनेस सुसान हाइम्यान, संयुक्त अरब इमिरेट्सको ऊर्जा तथा दिगो विकास मामिलाका लागि सहायक परराष्ट्रमन्त्री, अब्दुल्ला बालालाले आ–आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी, जापानका परराष्ट्र मामिलाका लागि संसदीय उपमन्त्री इकुइना आकिको, भारतका अतिरिक्त सचिव (सहायकमन्त्री) अमनदीप गर्ग, जलवायु परिवर्तन मामिलाका लागि विशेषदूत तथा उपमन्त्री, परराष्ट्र मन्त्रालय, कतारका बदर ओमर अल दफाले धारणा व्यक्त गरे ।
पाँच वर्षे कार्य योजनाको कार्यान्वयनका लागि राष्ट्रपति विशेष प्रतिनिधि, किर्गिस्तान गणराज्यको दिनारा केमेलोभा, ब्राजिलबाट नेपालका लागि राजदूत कार्लोस अल्बेर्टो मिकाएलसेन डेन हार्टोग, ओमानका राजदूत इस्सा बिन सालेह अल शिवानी, नेपालका लागि, पाकिस्तानका राजदूत अबरार एच. हश्मीले पनि पूर्ण सत्रलाई सम्बोधन गरेका थिए ।
पूर्ण सत्रमा अन्तराष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिएको र यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा तथा विचारहरू व्यक्त भएका छन् ।
संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सङ्गठनलाई यस सत्रमा बोल्ने अवसर प्रदान गरिएको थियो ।
न्यूज समय
३ जेष्ठ, २०८२, शुक्रबार ००:००