सुनको मुल्य आज तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम

न्यूज समय

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।