पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तानको काश्मिरमा आक्रमण गरेको छ । गएरातिदेखि भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएर पाकिस्तानका नौ स्थानमा आक्रमण थालेको अल्जाजिरा टेलिभिजनले जनाएको छ । यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।
यद्यपि पाकिस्तानले आक्रमणमा तीन बालबालिकासहित सात जनाको ज्यान गएको बताएको छ । पाकिस्तानी रक्षामन्त्री खावाज असिफले आक्रमणको क्रममा पाकिस्तानले भारतीय पाँच वटा लडाकु विमान खसालेको दाबी गरेका छन् । उनले केही भारतीय सैनिकलाई नियन्त्रणमा लिइएको उनले बताए । पाकिस्तानले भारतीय आक्रमणको उपयुक्त जवाफ दिने बताएको छ । संयुक्त राष्ट्र संघ, अमेरिकालगायत विश्वका धेरै मुलुकले भारत र पाकिस्तानलाई युद्धमा नउत्रिन आग्रह गरेका छन् ।
पाकिस्तानले सबै अस्पतालमा आपतकाल घोषणा गरेको छ । यता भारतले श्रीनगर विमानस्थल बन्द गरेको छ । रातिदेखि उत्पन्न अवस्थापछि काश्मिर, अमृतसर, चण्डीगढ, बिकानेर, धर्मशालालगायत उत्तर पश्चिम भारतका धेरै स्थानका विमानस्थल बन्द गरिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तका सबै विद्यालय बन्द गरिएको छ । युद्धको खतरा बढ्दै गएकाले त्यहाँका सबै शिक्षण संस्था बन्द गरिएको मुख्यमन्त्री मारियाम नवाज शरिसफले बताएका छन् ।
न्यूज समय
२४ बैशाख, २०८२, बुधबार ००:००