प्रहरीको हिरासतबाट ६ जना अभियुक्तले कक्षा १२ को बार्षिक परीक्षा दिए

न्यूज समय

प्रहरीको हिरासतबाट ६ जना अभियुक्तले कक्षा १२ को बार्षिक परीक्षा दिएका छन् । गएको चैत्र १५ मा राजावादीको आन्दोलनमा पक्राउ परेका एक सहित अन्य ५ जनाले जिल्ला प्रहरी परिसर काठमाडौको हिरासतबाटै कक्षा १२ को बार्षिक परीक्षा दिएका हुन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, आइतबारबाट सुरु वार्षिक परीक्षाको तयारीमा रहेका उनिहरु विभिन्न कसुरमा प्रहरीको हिरासतमा पुगे थिए ।
एसपी बोहराका अनुसार उनीहरुको शिक्षाको हकलाई ख्याल गर्दै परीक्षा बोर्डसँग समन्वय गरेर परीक्षा दिने व्यवस्था मिलाईएको हो ।
परीक्षा दिनेमा सवारी ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, चोरी लगायतका मुद्दाका आरोपी रहेको एसपी बोहराले बताए ।

प्रहरीका अनुसार ८ जना अभियुक्त मध्य दुई जनाले परीक्षा फारम भरेपनि परीक्षा दिन रुचि देखाएनन् ।

बोहराले अदालतबाट मुद्दा छिनोफानो भएर वा पुर्पक्षका लागि थुनामा रहेकाहरुलाई समेत अध्ययन गर्न चाहे कारागारबाट समेत पढ्न पाउने व्यवस्था रहेको बताए ।