राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताको रिहाइको माग गर्दै लतितपुरको जावलाखेलमा रिले अनशन सुरु भएको छ ।
राष्ट्रवादी देशभक्त जनताको आयोजनामा थालिएको रिले अनशनकर्ताहरुले मिश्र लगाएत नेताहरुको विना सर्त रिहाई सहित सरकार संग ४ बुँदें माग समेत राखेका छन् ।
झुटा मुद्दा खारेज गर्नुपर्ने, रविन्द्र मिश्र लगाएत सम्पूर्ण राष्ट्रिवादी साथीहरुलाई रिहाई गर्नुपर्ने, विधिको सुशासन कायम गर्नुपर्ने, नागरिक स्वतन्त्रता हक सहितको सम्मान गर्नुपर्ने, लगाएतका माग रिले अनशनकारीहरुको छ ।
गएको चैत्र १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा धन जनको क्षति भए संगै मिश्र लगायतका नेताहरुलाई पक्राउ गरी कारवाही थालिएको थियो ।
न्यूज समय
१९ बैशाख, २०८२, शुक्रबार ००:००