जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति राष्ट्रपति पौडेलद्धारा दुख व्यक्त

न्यूज समय

राष्ट्रपति रामचन्द्र पौडलले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति दुख व्यक्त गरेका छन्।

‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ’, बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्।

पौडेलले प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।