राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ बानेश्वरको निषेधित क्षेत्र अगाडि विरोध प्रदर्शन गरको छ ।
पार्टीले बानेश्वरको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्न गरेको आव्हान अनुसार कार्यकर्ताहरु त्यस क्षेत्रमा आएका हुन् ।
निषेधित क्षेत्रलाई तोड्न नदिन सरकारले ठुलो मात्राम सुरक्षा कर्मी परिचालन गरेको छ ।
विरोध प्रदर्शनमा उत्रिएकाहरुले नाराबाजी गर्दै निषेधित क्षेत्र तोड्ने प्रयत्न गरेका छन् ।
निषेधित क्षेत्रलाई तोड्न नदिन प्रहरीले विहानै देखि ब्यारिकेड बनाएर रोकेको छ ।
यस अघि भएको प्रदर्शनका क्रममा मानविय क्षेती भएका कारण संमयम अपनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आव्हान गरेका छन् ।
आफुहरुको प्रदर्शन शान्तिपूर्ण हुने भएकाले त्यसलाई विथोल्ने प्रयास नगर्न पनि लिङ्देनले आग्रह गरेका छन् ।
न्यूज समय
७ बैशाख, २०८२, आईतबार ००:००