मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाहीको बरहथवा बजारमा मापदण्ड विपरीत सञ्चालनमा रहेको स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले बुधवार साँझ बरहथवा बजारका ११ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गर्दा अवैध रहेका ती सबै स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सिंहले सचिवालयका अनुसार मापदण्ड पूरा नगरेका तथा दर्ता समेत नरहेका सङ्कट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चार वटा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन् ।
मापदण्ड विपरीत रहेका ति स्वास्थ्य संस्थाले प्रक्रिया पूरा गरे पछि मात्रै सञ्चालन गर्न पाउने छन् । मङ्गलबार साँझ बरहथवास्थित एक स्वास्थ्य संस्थामा उपचार गरेको विलको विषयमा उत्पन्न तनाव लगतै मुख्यमन्त्री सिंह त्यस क्षेत्रका स्वास्थ्य संस्थाको अनुगमनमा पुगेका थिए ।
मुख्यमन्त्री सिंहले यस अघि अन्य क्षेत्रका मापदण्ड विपरीतका स्वास्थ्य संस्थाको अनुगमन गरी अवैध रहेका स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिदै आएका छन् ।
न्यूज समय
४ बैशाख, २०८२, बिहीबार ००:००