प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वार्थ समूहको बिगबिगी भएकाले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् । रुपन्देहीमा बिहीबार संचारकर्मीसंग कुरा गर्दै दाहालले गभर्नर नियुक्तिको विषयमा दलहरुका बीचमा कुरा नमिलेको नभइ बिचौलियाबीच कुरा नमिलेको बताए ।
उनले भने– ‘गभर्नर नियुक्तिको विषयमा दलहरुको कुरा नमिलेको होइन । बिचौलियाबीच कुरा नमिलेको हो । त्यसै कारणले नियुक्तीमा ढिला भएको हो ।’ उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भी समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका हुन् ।
उनले यसरी अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महत्वपूर्ण संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न आग्रह गरे । उनले सरकारलाई अझै पनि बिचौलियकाको स्वार्थअनुसारका नियुक्ति गर्ने र इमानदार कर्मचारीलाई प्रताडित गर्ने काम नगर्न सुझाव दिए । उनले यो गणतन्त्रका लागि पनि अपरिहार्य र अनिवार्य भएको बताए ।
न्यूज समय
४ बैशाख, २०८२, बिहीबार ००:००