यौन दुव्र्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटना बारे छानविन गर्न गृहमन्त्रीको निर्देशन

न्यूज समय

गहृमन्त्री रमेश लेखकले सिराहामा यौन दुव्र्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटनाबारे छानविन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका छन् ।
चार महिनाअघि यौन दुव्र्यवहारमा परेकीबर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिए पछि गृहमन्त्री लेखकले घटनाबारे छानविन गर्न आईजीपी थापालाई निर्देशन दिएका हुन् ।
पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास भएको थियो ।
त्यस लगतै पिडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर प्रहरीले जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दर्ता आलटाल गरेको आरोप लाग्दै आएको छ ।
पुस १० मा मेडिकल गरेपनि प्रहरीले जाहेरी दर्ता ढिला गरेको र अहिलेसम्म पनि आरोपी पक्राउ नपरेको बताईएको छ ।