बंगलादेशकी अपदस्त प्रधानमन्त्री हसिनासहित १७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

न्यूज समय


भारत निर्वासनमा रहेकी बंगलादेशकी अपदस्त प्रधानमन्त्री शेख हसिनासहित १७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बंगलादेशको एक अदालतले हसिना, उनको छोरा सजिब वाजेदसहित १७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

एक आवासीय प्लटमा भएको घोटालाको मामिलामा अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यसअघि १३ अप्रिलमा पनि हसिनासिहत उनकी भतिजी तुलिप सिद्धिकीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । त्यसबेला उनीहरूमाथि राजनीतिक शक्तिको दुरुपयोग गरी जमिन हासिल गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो ।

एक प्लटको अधिग्रहणमा अनियमितता गरेको आरोपमा एन्टी करप्सन कमिसन (एसीसी) ले लगाएको अभियोगको सुनुवाइ गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।