अछाम बजारमा भएको आगलागीबाट झण्डै सात करोडको क्षति

न्यूज समय

अछामको बान्निगढी जयगढ गाउँपालिका स्थित जयगढ बजारमा गए राति भएको आगलागीबाट झण्डै सात करोडको धनमाल जलेर नष्ट भएको छ ।
जयगढ बजारमा स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा भएको आगलागीबाट २७ वटा घर जलेर नष्ट भएका छन् । २७ मध्य ११ वटा स्थानीय व्यापारीका पसल रहेको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।
प्रमुख भण्डारीले पिडितको क्षतिको विवरण संकलन भईरहेकोले थप विवरण केही समय पछि आउने जनकारी दिए । आगलागीबाट मानविय क्षति भने नभएको भण्डारीले बताए ।
सिलिण्डर विष्फोट भएर लागेको आगे स्थानीय र प्रहरीको लागातरको प्रयास पछि नियन्त्रणममा आएको थियो ।