राष्ट्रपति पौडेलले गरे शुक्रबार राती असन पुगेर सेतो मछिन्द्रनाथको दर्शन

न्यूज समय

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राती असन पुगेर सेतो मछिन्द्रनाथको दर्शन गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीको हातबाट प्रसाद ग्रहण गरे ।

शनिबारबाट सुरु भएको मछिन्द्रनाथको रथयात्रा मछिन्द्रबहालदेखि तीनधारा पाठशाला , जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको छ ।

रथयात्रा असन पुर्‍याइएपछि राष्ट्रपति पौडेलले असन पुगेर मछिन्द्रनाथको दर्शन गरेका हुन् ।