कानुन व्यवसायीहरूको छाता संगठन, नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि नेपाल बारको चुनाव आज निर्वाचन हुँदैछ । कांग्रेस र एमाले समर्थित कानुन व्यवसायीहरूको संयुक्त समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले गरेका छन् । मिश्र नेतृत्वको समूहमा राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठन पनि सामेल छ । उक्त समूहमा एमाले निकटको प्रगतिशील समूहबाट केदार कोइराला महासचिवको उम्मेदवार छन् ।
माओवादी निकट प्रोग्रेसिभ प्रोफेसनल लयर्स एसोसिएसन (पीपीएलए)ले वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको समूह अघि सारेको छ । उक्त प्यानलमा राष्ट्रिय स्वतन्त्र पार्टी निकटका कानुन व्यवसायी संगठन स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट यज्ञमणि न्यौपानेले महासचिव पदमा उम्मेद्वारी दिएका छन् ।
लोकतान्त्रिक–प्रगतिशील समूहका अध्यक्ष उम्मेदवार विजयप्रसाद मिश्रले नवोदित कानुन व्यवसायीहरूको हक प्रवद्र्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा बारको उपस्थितिसहितका विषय आफ्नो अजेन्डा रहेको बताउँने गरेका छन् । मिश्रले नवोदित कानुन व्यवसायीहरूको हक प्रवद्र्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा बारको उपस्थितिसहितका विषय आफ्नो अजेन्डा रहेको बताउदै आएका छन् ।
उता विपक्षी दल निकट कानुन व्यावसायिक समूहको नेतृत्व गरेका रमण श्रेष्ठले नेपाल बारको सांगठनिक पुनर्संरचना, कानुन व्यवसायीको क्षेत्र विस्तार र उनीहरूको सामाजिक सुरक्षाका लागि विभिन्न कोष खडा गर्ने अजेन्डा रहेको बताउने गरेका छन् ।
नेपाल बार एसोसिएसनको निर्वाचन समितिका अनुसार, देशभर ९ हजार ९९७ जना मतदाता छन् । काठमाडौं उपत्यकामा एउटा मात्रै मतदान केन्द्र छ भने उपत्यकाबाहिर ३५ वटा मतदान केन्द्र छन् ।
न्यूज समय
२२ चैत्र, २०८१, शुक्रबार ००:००