प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।
बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् । कोभिडको कारण उनको घाँटीमा क्यान्सर भएको थियो । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए ।
उनी स्पीच थेरापी गर्दै आएका थिए । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।
न्यूज समय
१९ चैत्र, २०८१, मंगलबार ००:००