रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने विष्टलाई सर्वोच्चले कारबाही थाल्यो

न्यूज समय


सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न भनेर अनधिकृत रूपमा पत्राचार गर्ने सार्वेच्चकै शाखा अधिकृतलाई कारबाहीको प्रकृया थालेको छ ।
अदालतका प्रवक्ता तथा सह–रजिष्ट्रार अच्युत कुईंकेलले बुधबार साँझ एक विज्ञप्ती जारी गर्दै अनधिकृत रुपमा पत्राचार गर्ने अधिकृतलाई कारबाहीको प्रकृया सुरु गरिएको जानकारी दिए ।
अदालतका अनुसार रेशम चौधरीलाई पक्राउ गर्न बुधबार (आज) कारागार कार्यालय, डिल्लीबजार काठमाडौंलाई अदालतका अधिकृत महिमान सिंह विष्टले लेखेएको पत्र अदालतको आधिकारिक स्वीकृति विना नै पठाइएको पुष्टि भए पछि उनलाई अदालती कारबाही सुरु गरिएको हो ।
विष्टले रेशम चौधरीलाई अनधिकृत रुपमा पक्राउ गर्न कारागार कार्यालय, डिल्लीबजारलाई पत्र लेखेपछी प्रहरीले चौधरीलाई पक्राउ गरी कारागार बुझाएको थियो ।
झण्डै ४ घन्टा कारागार बसेका चौधरीलाई पक्राउ गर्न काटिएको पत्र अनधिकृत भएको भन्दै अदालतले प्रहरीलाई बोधार्थ दिदै उनलाई छोड्न कारागारलाई पत्र लेखेको थियो ।
पत्र प्राप्त भए पछि चौधरीलाई छोडिएको कारागार स्रोतले बतायो ।
कारागारले छोडेलगत्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, चौधरीकी श्रीमति रञ्जिता श्रेष्ठ लगाएतका नेता कार्यकर्ता डिल्लिबजार कारागार पुगेका थिए ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी बुधबार (आज) एकिकरण हुने कार्यक्रम तय भए संगै प्रज्ञाप्रतिष्ठान पुगेका संरक्षक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तर यता एकिकरण कार्यक्रमलाई बिथोल्न चौधरीलाई पक्राउ गरिएको एकिकरण हुनलागेका दुवै पार्टीका नेताहरुले आरोप लागाएका छन् ।
एकिकरण कार्यक्रम जस्ले विथोल्ने प्रयास गरे पनि त्यो संभव नहुने समेत उनिहरुको दावि छ ।