प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत १० दिने भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्। उनी टर्किस एयरलाइन्सको विमानमा राउत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत, पाटनका न्यायाधीश हेमन्त रावल पनि रहनेछन्। फुयाल, थापा र रावल एयर इन्डियाको विमानमा भारतको नयाँ दिल्ली हुँदै लन्डन जाँदै छन्।
प्रधानन्यायधीशका साथमा सर्वोच्चका रजिस्ट्रार विमल पौडेल रहेको सर्वोच्च अदालतले जनाएको छ ।
बेलायत सरकारको निमन्त्रणामा बेलायतको सर्वोच्च अदालतलगायत अदालतहरूको औपचारिक भ्रमण एवम् द्विपक्षीय सम्बन्ध विस्तारको सिलसिलामा यो भ्रमण हुन लागेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए।
भ्रमण सकेर यो टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ।
न्यूज समय
१४ बैशाख, २०८२, आईतबार ००:००