नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबिच कुनै समस्या र विवाद नभएकाले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको बताएका छन् ।
थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताए ।
सत्ता समीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ । सभापति देउवा स–परिवार थाइल्यान्ड भ्रमणमा गएका थिए ।
न्यूज समय
१२ बैशाख, २०८२, शुक्रबार ००:००