प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल आजबाट सुरु हुन लागेको संसदको वजेट अधिवेशनको पहिलो दिन अनुपस्थित हुने भएपछि प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
आज प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको एमाले संसदीय दलले जनाएको छ ।
एमाले संसदीय दलका अनुसार सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
संसद्को बजेट अधिवेशन आज १ बजेबाट सुरु हुँदैछ ।
न्यूज समय
१२ बैशाख, २०८२, शुक्रबार ००:००