प्रधानमन्त्री ओलीले बोलाए गणतन्त्र पक्षधरका दलको सर्वदलीय बैठक

न्यूज समय

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरका दलको सर्वदलीय बैठक बोलाएका छन् । साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकका लागि शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबारको आन्दोलन र राजावादीहरूको पछिल्लो गतिविधिले लोकतन्त्रमाथि प्रहार भएको ठहरसहित गणतन्त्र पक्षधर एकठाउँमा उभिनुपर्ने प्रमुख दलका नेताहरूले बताउँदै आएका छन् ।

यही सन्दर्भमा समसामयिक राजनीतिक घटना र भावी रणनीतिबारे छलफल गर्न शीर्ष नेताहरू जुट्न लागेको बताइएको छ ।