राष्ट्रिय विज्ञापन संघ (नान) को दोस्रो वार्षिक साधारण सभा एवं प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । यही चैत्र १५ गते शुक्रबार काठमाडौंमा हुने दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको संघका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले जानकारी दिए ।
संघको प्रथम साधारण सभा तथा अधिवेशनले आउँदो दुई बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने छ । त्यसका लागि संघले १० गते आईतबार देखि निर्वाचन प्रकृयाको सूचना समेत प्रकाशित गरेको छ । संघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा प्रकाशित सूचना अनुसार चैत्र १० गते आईतबार बिहान १० बजे देखि दिउँसो ३ः१५ बजे सम्म मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दावि विरोध/संशोधन एवं मतदाता नामावली उपर दावि विरोध/जाँचबुझको समय दिईएको छ ।
त्यस्तै मतदाताको अन्तिम नामावली प्रकाशन भोलिपल्ट ११ गते १० बजेको समय तोकिएको छ । उम्मेदवारको मनोनयन दर्ता १३ गते १२ बजे देखि २ः३० बजे सम्मलाई तोकिएको छ भने उम्मेदवारको प्रथम नामावली प्रकाशन १३ गते ३ बजे र दावी विरोध/संशोधनको समय सोहि दिनको ३ः१० देखि ३ः३०को समय तोकिएको निर्वाचन अधिकृत अधिवक्ता प्रदीप सत्यालले जानकारी दिए ।
त्यस्तै उम्मेदवारको पुनः नामावली प्रकाशन १३ गते ३ः४० बजे रहेको छ भने उम्मेदवारी फिर्ताको समय सोहि दिन ३ः४५ देखि ४ः४५ बजे सम्मको समय दिईएको र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोहि दिन ५ बजे सम्मलाई तोकिएको छ ।
मतदान १५ गते बिहान १०ः३० बजे काठमाडौंको जमल स्थीत एल्लो प्यागोडा होटलमा उद्घाटन सत्र पश्च्यात हुने गरी मिलाईएको छ ।
अधिवेशनबाट अध्यक्ष एक, प्रथम र द्वितिय गरी एक–एक उपाध्यक्ष, महासचिव एक, सचिव एक, कोषाध्यक्ष एक, सह–कोषाध्यक्ष एक तथा सदस्य ७ जना गरी जम्मा १४ सदस्यीय कार्यकमिति चयन हुने छ ।
देश भरिबाट झण्डै एक सय प्रतिनिधी सहभागि हुने अधिवेशन सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरी व्यवस्थापन गरिएको संघका प्रथम उपाध्यक्ष प्रदीप कोईरालाले बताए ।
अधिवेशनमा आउँदा तथा अधिवेशनका समयमा पर्न सक्ने समस्याका बारेमा सोझै आफुलाई मोवाईल नं.९८५१०५७०४३ मा सम्पर्क गर्न पनि प्रथम उपाध्यक्ष कोईरालाले प्रतिनिधीलाई आग्रह गरेका छन् ।
न्यूज समय
१० चैत्र, २०८१, आईतबार ००:००