नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका छन् । शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू २०८४ सम्म जनताकै साथमा रहने जिकिर गरे ।
अध्यक्ष दाहालले माओवादीको हकमा सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा लागू नहुने बताए । दाहालले सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको भन्दै आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताए । दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाए ।
अध्यक्ष दाहालले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताभन्दै भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।
न्यूज समय
८ चैत्र, २०८१, शुक्रबार ००:००