पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा भूपेश्वरी ऐर (भूपी) निर्वाचित भएकी छन् ।
उनले सुरुमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले टिकट नदिएपछि स्वतन्त्र रुपमा प्यानल बनाएर उमेदवारी दर्ता गराएकी थिइन् । भूपि ऐरको प्यानल विजयी भएको हो। उनले ७ सय ३० मत पाउँदा नेविसंघकी पूर्णिमा परियारले ३७९ मत प्राप्त गरिन्।
ऐरले स्वतन्त्र समूहको नाममा उम्मेदवारी दर्ता गरेकी थिइन्। उनी हाल स्ववियु सचिव थिइन्।
पछि उनलाई आधिकारी उमेदवार भएको चिठ्ठी नेपाल विद्यार्थी संघले दिएपनि प्राविधिक रुपमा उनी स्वतन्त्र उमेदवार बनेकी थिइन् ।
न्यूज समय
८ चैत्र, २०८१, शुक्रबार ००:००