नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना सन्देशहरूमा ‘श्री ५ महाराजाधिराज’ लेखेकोमा आपत्ती जनाउदै श्री ५ लेख्ने र शाही निशान प्रयोग गर्ने काममा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद खतिवडाले पूर्व राजाले श्री ५ लेख्नु संविधान विपरित हुने भन्दै तत्काल रोक लगाउन माग गरे ।
उनले भने –‘फागुन ६ गते दिएको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले श्री ५ महाराजाधिराज लेखेका छन्। शाही निशाना प्रयोग गरिएको छ।२०६५ जेठ १६ गते नारायणहिटीबाट शाही निशाना हटाएर राष्ट्रिय झण्डा राखिएको हो। उनले संविधानमा श्री ५ महाराजाधिराज भन्ने छैन।’
पूर्वराजालाई संविधान नमिच्न सरकारले आग्रह गर्नुपर्ने अन्यथा रोक लगाउनुपर्ने बताए ।
न्यूज समय
७ चैत्र, २०८१, बिहीबार ००:००