राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
त्यस अवसरमा उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली फागुन १९ गते श्रीलंकाका लागि राजदूत नियुक्त भएका थिए ।
न्यूज समय
६ चैत्र, २०८१, बुधबार ००:००