राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले मै केही गर्छु भनेर गाडीमा ताली खाँदै हिँड्नु भन्दा पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले दिएकै सम्मान ग्रहण गर्नु नै शोभनीय हुने बताएका छन् । उनले अन्यथा राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्नेमा जोड दिए ।
सोमबार राष्ट्रियसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काउन थालेको आरोप लगाए ।
उनले परिवर्तन पक्षधर सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला भएको भन्दै दलहरूको दृढता नदेखिएको टिप्पणी गरे । सिटौलाले संविधानको मौलिक पक्षको वास्तविक कार्यान्वयन भयो कि भएन भनेर समीक्षा गर्ने बेला भएको बताए । उनले संघीयता, समावेशी लोकतन्त्रको पनि समीक्षा गर्नुपर्ने धारणा राखे ।
न्यूज समय
४ चैत्र, २०८१, सोमबार ००:००