पद्मकन्यमा नेविसंघको आधिकारीक उमेदवार भुपी ऐर

न्यूज समय


मंगलबार हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तरगत पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको नेविसंघले स्पष्ट पारेको छ ।

निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले चुनावको अघिल्लो दिन ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएका छन् । पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भुपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भुपी ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका छन् ।