सर्वोच्च अदालतको परमादेश अनुसार गैरआवासिय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् ।
नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा नेपाल बार एसोशियसनका बर्तमान अध्यक्ष हुन् ।
ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्वअध्यक्ष हुन् । बेलायतमा बसोबास गर्ने उनी हाल पोखरामा आफ्नै होटेल व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यस्तै अधिवक्ता आशिष उप्रेती युवा कानुन व्यवसायी हुन् ।
न्यूज समय
२ चैत्र, २०८१, शनिबार ००:००