सरकार बाहिर रहेको चार विपक्षी दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा गर्ने भनेको जनसभालाई वृहत् बनाउने भएको छ ।मोर्चाको शुक्रबार बसेको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय गरेको हो ।
संसदमा रहेका तथा बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल गर्ने पनि निर्णय भएको बताइएको छ ।
मोर्चाले प्रदर्शन अगाडि शनिबार बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ । बैठकका निर्णयबारे दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने मोर्चाको तयारी छ ।
न्यूज समय
१ चैत्र, २०८१, शुक्रबार ००:००