युद्धविरामका लागि युक्रेनी सैनिकले आत्मसमर्पण गर्नुपर्ने पुटिनको शर्त

न्यूज समय


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले कब्जा गरेको रुसको कुर्स्क क्षेत्र आफ्नो सैनिकले फिर्ता लिइसकेको भन्दै त्यहाँ रहेका युक्रेनी सैनिकले की आत्मसमर्पण गर्नुपर्ने कि मर्नुपर्ने सर्त राखेका छन्। उनले त्यसपछिट मात्र युद्धविराम हुने भनेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जोलेन्स्कीले पुटिनको योजनालाई षड्यन्त्रकारी भनेका छन्। साथै उनले रुसमाथि अझ धैरै प्रतिबन्ध लगाउन अमेरिकासँग माग गरे। योसँगै अमेरिकाले रुसमाथि तेल, ग्यास तथा बैंकिङ क्षेत्रमा प्रतिबन्ध लगाएको छ।

युक्रेनको सर्तअनुसार अमेरिकाले रुसमाथि प्रतिबन्ध थपेर युद्धविराममा सहमत गराएपछि रुसी राष्ट्रपति पुटिनले युद्धको मुल कारणको सम्बोधन हुनुपर्ने बताए। साथै युद्धविरामका लागि आफूले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग समेत कुराकानी गर्ने पुटिनले बताएका छन्।