पब्लिक युथ क्यम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित

न्यूज समय


पब्लिक युथ क्यम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तरगत आज मनोनयन दर्ताको कार्यक्रम थियो ।

तर पब्लिक युथ क्यम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेका कारण अर्को सूचना जारी नभएसम्मका लागि चुनाव स्थागित गरिएको सूचना क्याम्पस प्रशासनले जनाएको छ ।

निर्वाचन अधिकृत डा. राजुभाई मानन्धरले पब्लिक युथ क्याम्पसको स्ववियू चुनाव अन्तरगतका सवै प्रक्रिया अर्को सूचना जारी नभइन्जेलसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।