मानवता विरोधी अपराधको आरोपमा फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् ।२०१६ मा सत्ता सम्हाल्दा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए ।
उनको ‘ड्रग्सविरुद्धको युद्ध’को क्रममा हजारौं लागुऔषध व्यापारीहरू मारिएका थिए । यसबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको थियो ।
यही मुद्दामा ७९ वर्षीय दुतेर्ते मंगलबार हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको अन्तर्राष्टिय संचारमाध्यमले जनाएका छन् ।
यसमा दोषी देखिएका सीमित व्यक्तिहरु प्रक्राउ परे पनि पूर्वराष्ट्रपति दुतेर्तेले उन्मुक्ति पाउँदै आएका थिए ।
न्यूज समय
२७ फाल्गुन, २०८१, मंगलबार ००:००